कृषि उपजको आयात घट्दो अवस्थामा



काठमाडौं, १ मंसिर / नेपालको खाद्य वस्तुमा समेत परनिर्भरता बढेर गएकोमा पछिल्लो ३ महिना यता यस्ता वस्तुको आयातमा कमी आएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जारी गरेको आयात तथा निर्यात सूचीमा कृषि उपज आयात तथा निर्यातमा कमी देखिएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा कृषि उपजको आयातमा ३२ प्रतिशत र निर्यातमा ५९ प्रतिशतले कमी आएको जारी सूचनामा बताईएको छ । सूर्यमुखी तेल, भटमास र पामको व्यापार घटेका कारण कृषि उपजको आयात तथा निर्यातमा कमी देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा जारी सूचनामा चालु आवको समीक्षा अवधिमा नेपालले २ अर्ब ८२ करोडको मात्रै वस्तु निर्यात गरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं / लघुवित्तको विकल्प नभएको भन्दै लघुवित्त प्रणालीलाई बचाउन सांसद भगवती चौधरीले सम्बन्धित सबैसँग आग्रह गरेकी छिन्् । सहि

तातोखबर,  कृषि /काभ्रेको बनेपामा ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव-२०८०’को आयोजना भएको छ  । जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी

तातोखबर, हेटौंडा/ मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको अध्यक्षमा दीपक सिवाकोटी पुन: निर्वाचित भएका छन् । शनिबार मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यावसायीक संघको