बढी ब्याजको प्रलोभनमा ८२ लाख ठगेर फरार आरोपी पक्राउ
विराटनगर, १ मंसिर / ८२ लाखभन्दा बढी रकम ठगी गरी मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाट फरार भएका २ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैँचामा रहेको कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
१७ प्रतिशत ब्याज दिने भन्दै सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा नगद बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा बढी ठगी गरेर भागेका राजु दम्पति बचतकर्ताहरुले रकम फिर्ताका लागि दबाब दिन थालेपछि पसल बन्द गरेर फरार भएको मोरङ प्रहरीले जानकारी दिएको छ । ्
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रबक्ता दीपक श्रेष्ठका अनुसार आरोपी दम्पतिले बढी ब्याज दिने प्रलोभनमा पारेर ६५ जना सर्वसाधारणबाट ८२ लाख ७४ हजार ६ सय २ रुपयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । साउन १७ गतेदेखि फरार बनेका राजु र कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

