भैरहवाबाट दिल्ली उडान गर्ने नेपाल एयरलायन्सको तयारी



काठमाडौँ, १ मंसिर/ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन थालेपछि नेपाल वायुसेवा निगमले भैरहवाबाट दिल्लीसम्मको उडान भर्ने तयारी गरेको छ । निगमले आगामी मंसिर १२ गतेदेखि उडान गर्न लागेको हो ।
पहिलो चरण अन्तर्गत मंसिर १२ एउटा उडान हुने र त्यसपछि मंसिर १५ पछि सातामा दुई दिन बुधबार र शुक्रबार निगमको विमानले भैरहवाबाट पनि उडान गर्ने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताएका छन् ।
निगमको काठमाडौंबाट उडेको विमान दिल्ली पुगेर भैरहवा फर्किने र त्यहाँ यात्रु ओरालेर काठमाडौं फर्किने तालिका रहेको साथै यात्रुको चाप बढ्दै गयो भने निगमले भैरहवाबाट सिधा दिल्ली उडान गर्ने नागरिक उड्डययन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिएका छन् । उनका अनुसार भैरहवाबाट निगमले उडान अनुमति लिएसँगै प्राधिकरणले यसअघि जारी गरेको शितकालीन अन्तर्राष्ट्रिय उडान तालिकामा काठमाडौंबाट कटौती गरिएका निगमका दिल्ली लगायतका क्षेत्रका उडान फुकुवा गरिदिएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

हेटौंडा, २४ कार्तिक / चाडपर्वको अवसरमा मानवस्वास्थ्यमा असर पार्ने मिठाईहरु पनि विक्री वितरण हुने गरेकाले यसप्रति सजग रहन उपभोक्ताहरुलाई हेटौंडामा

काठमाडौँ, तातोखबर / हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-९ मा अवस्थित चार हजार ९१९ मिटर उचाइमा रहेको तिलिचो ताल चिसो

गोरखा, १९ कात्तिक / गोरखाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।