त्रिविको बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक
काठमाडौ, १ मंसिंरं / त्रिभुवन विश्व विद्यालयद्वारा २०७७ सालमा सञ्चालित बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा नियमविपरित कार्य गर्नेलाई कारबाही गरेको समयसीमा सकिएपछि कार्तिक महिनाको अन्तिम दिन नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा नियमविपरित काम गर्ने ७ जना विद्यार्थीलाई २०७८ सालसम्म २ वर्षका लागि त्रिबिका कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गर्दै व्यवस्थापन संकाय ४ वर्षे स्नातक तह बीबीएस प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी सूचनामा जनाईएको छ ।
कार्यालयले बीबीएस प्रथम वर्ष २०७७ को परीक्षा २०७८ साउन महिनामा सञ्चालन गरेको थियो । पनिकाले संंगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६०, २६८ र २७० अनुसार परीक्षाको मर्यादा विपरित कार्य गर्ने विद्यार्थीलाई कारबाही गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

