विश्वको जनसंख्या आठ अर्ब, २०२३ मा भारतको जनसंख्या सबैभन्दा धेरै हुने

विश्वको जनसंख्या ८ अर्ब पुगेको छ।
संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो। सन् २०२३ भित्र चीनमा भन्दा भारतमा सबैभन्दा धेरै जनसंख्या हुने प्रक्षेपण गरिएको छ।
११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको राष्ट्रसंघले जनाएको छ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मातृ तथा बाल मुत्युदरमा कमी तथा औसत आयुमा वृद्धि भएको बताएका छन्।
विश्वको जनसंख्या ९ अर्ब पुग्न १५ वर्ष लाग्ने प्रक्षेपण गरेको छ।
साथै विश्वको जनसंख्या ९ अर्ब पुग्न अब १५ वर्ष लाग्ने प्रक्षेपण भएको छ।
चीनको जनसंख्या १ अर्ब ४५ करोड २४ लाख ४७ हजार ७५१ छ भने भारतको जनसंख्या १ अर्ब ४१ करोड ७१ लाख ७३ हजार १ सय ७३ छ।
सन् १९०० मा विश्व जनसंख्या एक अर्ब ६० करोड थियो, सय वर्षपछि सन् २००० सम्म आइपुग्दा ६ अर्ब पुगेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस