चियर्स ! !

लाग्छ आज यो मौसमलाई पनि
मलाई जस्तै नशा चढेको छ
ऊ हावा बनेर मलाई स्पर्श गरिरहन्छ
मेरा फुकेका केशहरु
निधारसम्म झार्न उस्लाई
रमाइलो लागिरहेछ
ऊ मसँग रमाएको छ
म मेरो मनसँग रमाएकी छु
हो आज हामी दुबै रमाएका छौँ
मलाई नै हल्लाउन् आए जस्तो लाग्छ
यी हावाका प्रत्येक झाेंकाहरु
उस्ले छुट्टै मादकता बोकेर आएको छ
मेरो मन जस्तै,
आज यो हावा पनि रोमाञ्चित
बनेको छ
ऊ मसंग खेलिरकेको छ
म मनसँग खेलिरहेकी छु
लाग्छ यो हावा र यो मन
एकैसाथ पठाउँ उस्लाई
या ल्याएर उसैलाई
यो मौसममा बसाउँ
जो मेरो मनको नजिक छ
अनायासै म उसैको साथमा
पुगेको कल्पनामा हराउँछु
हावाले मलाई कल्पनाबाट
झंस्काई रहन्छ र
साथमा रहेका साथीहरू देखाउँछ
म हावाको कुरा सुन्दिन
मलाई आज आफ्नै मनसँग
हराउन मन छ
जहाँ मेरो प्रीय मान्छे बसेको छ
यो मौसम
यो हावा
अनि म
आज सबै मातिएका छौँ
त्यसैले
हातमा गिलास उठाउँदै
सम्झन्छु
ओ ! प्यारो मान्छे
आउन सँंगै बसौँ
तिमी गिलास उठाउँनु
म गिलास उठाउँला
अनि एकैसाथ भनाअैँला ।
चियर्स !!
जुनु घिमिरे
दुवाकोट,भक्तपुर
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस