
तातोखबर सम्वाददाता
चामे, ७ भाद्र / आगामी मंसिर ४ गने सम्पन्न हुने प्रदेश सभाको निर्वाचनका लागि गण्डकी प्रदेशसभा मनाङ निर्वाचन क्षेत्र नं. ‘ख’मा नेपाल विद्यार्थी संघ मनाङका पूर्व अध्यक्ष अनिल गुरुङले आफ्नो उम्मेदवारीको दावी गरेका छन् । नेपाली काँग्रेस मनाङको चुनावी बैठकमा माओवादी द्वन्दकालदेखि नै माओवादीसँग लड्दै नेपाली काँग्रेसको भातृ संगठन नेवी संघको अध्यक्ष पद सम्हालेको कारणले पनि गुरुङले सो पदका लागि उम्मेदवारी दावी गरेका हुन् ।
विद्यार्थी राजनीतिबाट पार्टीलाई लामो समयसम्म योगदान पुर्याउँदै आएका नेपाली कांग्रेसका क्रियाशिल सदस्य अनिल गुरुङले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभाको निर्वाचनअन्तर्गत गण्डकी प्रदेशसभा सदस्य पदका लागि मनाङ जिल्ला निर्वाचन क्षेत्र नं. ‘ख’ मा उम्मेदवारी आफूले पाउनु पर्ने बताए । उनले भने ‘मैले नेपाली कांगे्रस मनाङको भातृ संगठनको नेतृत्व गर्दै आएको र नेपाल विद्यार्थी संघको माध्यमबाट पार्टीका विभिन्न गतिविधिहरुमा सहयोग पुर्याउर्दै आईरहेको छु । नेपाली कांग्रेस पार्टीको क्रियाशिल सदस्य रहेर राजनीतिक अभ्यास गर्दै पनि आईरहेको छु । मलाई मनाङबासीहरुले निर्वाचनमा भाग लिन प्रेरित गरिरहेका छन् ।’
गत वर्ष असारमा मनाङ जिल्लामा वाढीपहिरो जस्तो ठूलो दैविक विपत्ती पर्दा उनले ‘रेस्क्यू मनाङ’ नामक संस्थामा आफु अध्यक्ष रही जिल्लामा ठूलो सहयोग पु¥याएका थिए भने अन्य विभिन्न सामाजिक संघ संस्थाहरुको कुनै न कुनै भूमिकामा रहेर समाज सेवा समेत गर्दै रहेका छन्े । अनिल गुरुङ मनाङ मस्र्याङ्दी क्लवका पुर्व महासचिव पनि हुन् भने उनी पूर्व श्रम मन्त्री पाल्तेन गुरुङका सुपुत्र हुन् ।