श्रीएअरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

नेपालगञ्ज, श्रावण १९ । श्रीएयरलाइन्सको विमानले आज नेपालगञ्ज विमानस्थलमा आकस्मिक रुपमा अवतरण गरेको छ ।

जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशनले जनाएको छ ।

Advertisement:

स्टेसन प्रमुख पर्शुराम चौधरीका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन— एएनएफ ४३२ नं को श्रीएअरलाइन्सको जहाजको आकस्मिक अवतरण भएको हो ।

सो जहाजमा ७९ जना यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रमुख चौधरीले बताए । ‘काठमाठौँबाट इञ्जिनीयरको टोली आएर त्यसको विस्तृत अनुसन्धानपछि कारण पत्ता लाग्न सक्छ’ चौधरीले भने ।

प्रतिक्रिया दिनुहोस् :