मूर्तिसहित १८ वर्षीय युवक पक्राउ



काठमाडौं, १६ श्रावण । अवैध रूपमा मूर्तिसहित विभिन्न सामग्री ल्याउँदै गरेको अवस्थामा पर्सा प्रहरीले आज वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ।

चाँदीजस्तो देखिने धातुबाट बनेको साना मूर्तिहरू तथा कचौरासहित पर्सा, वीरगन्ज महानगरपालिका–६ बस्ने १८ वर्षीय साहिलकुमार साहलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

साहले बोकेको झोलाभित्र एक हजार एक सय छ ग्रामका साना मूर्तिहरू र चार सय मिलीग्रामका कचौरा फेला परेकाले निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

छिमेकी भारत रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बिआर ०५ एएस २१६२ नम्बरको मोटरसाइकलमा सवार साहलाई रोकी तलासी लिँदा साहका साथबाट उक्त सामग्री बरामद गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा