मूर्तिसहित १८ वर्षीय युवक पक्राउ
काठमाडौं, १६ श्रावण । अवैध रूपमा मूर्तिसहित विभिन्न सामग्री ल्याउँदै गरेको अवस्थामा पर्सा प्रहरीले आज वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ।
चाँदीजस्तो देखिने धातुबाट बनेको साना मूर्तिहरू तथा कचौरासहित पर्सा, वीरगन्ज महानगरपालिका–६ बस्ने १८ वर्षीय साहिलकुमार साहलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
साहले बोकेको झोलाभित्र एक हजार एक सय छ ग्रामका साना मूर्तिहरू र चार सय मिलीग्रामका कचौरा फेला परेकाले निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।
छिमेकी भारत रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बिआर ०५ एएस २१६२ नम्बरको मोटरसाइकलमा सवार साहलाई रोकी तलासी लिँदा साहका साथबाट उक्त सामग्री बरामद गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

