विपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान
काठमाण्डौं साउन-१
धनगढीस्थित जेसिज एभेरेष्ट पूर्व विद्यार्थी सङ्घले खडा गरेको अक्षय कोषको ब्याज रकमबाट विपन्न परिवारका छात्रछात्राले छात्रवृत्ति पाएका छन् । अक्षय कोषको ब्याज रकमबाट जेसिज एभरेष्ट इङ्लिस स्कुल धनगढीमा अध्ययनरत विपन्न परिवारका छात्रछात्राको पढाइ शुल्क र पाठ्यपुस्तकलगायत छात्रवृत्ति प्रदान गर्ने गरिएको सङ्घका अध्यक्ष खेमराज जोशीले बताउनुभयो ।
“विपन्न परिवारका छात्रछात्रालाई वार्षिक रु ९० हजारकोे छात्रवृत्ति उपलब्ध गराएका छौँ”, सङ्घका अध्यक्ष जोशीले भन्नुभयो, “यसबाहेक धनगढीमै सञ्चालनमा रहेको आमाको माया छात्रावासमा अध्ययन गर्ने विपन्न परिवारका थप दुई छात्रालाई यसवर्ष रु ३० हजारको सहयोग उपलब्ध गराएका छौँ ।”
सुरुमा रु पाँच लाख ५० हजारमा खडा गरिएको अक्षय कोषमा सङ्घकै पहलमा थप रकम जम्मा गरी हाल कोषमा रु १४ लाख पु¥याइएको जोशीले जानकारी दिनुभयो । जेसीज एभेरेष्ट इङ्लिस स्कुल धनगढीमा अध्ययन गरेका पूर्वविद्यार्थीको संस्था जेसिज एभरेष्ट पूर्वविद्यार्थी सङ्घको पहलमा बेलबखत रक्तदान कार्यक्रमको आयोजनाका साथै अन्य सामाजिक गतिविधि गर्दै आएको छ । कोरोना भाइरस महामारी फैलिएको बेला रोगीको उपचार व्यवस्थापनमा सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो
-रासस
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

