१३५ सङ्क्रमित फेला, एकको मृत्यु



Corona Update

काठमाण्डौं साउन-१

पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ४७३ नमूनाको पिसीआर परीक्षण गर्दा ११४ र एक हजार ५६८ नमूनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज ५९ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४३९ छ । सङ्क्रमितमध्ये एक हजार ३७० होम आइसोलेशन, ६९ संस्थागत आइसोलेशन, १८ आइसियू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आज कोरोना सङ्क्रमणबाट थप एकको ज्यान गएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ९५३ को मृत्यु भएको छ ।

आज ३२ हजार ५१५ ले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म दुई करोड पाँच लाख १८ हजार ७६२ ले खोपको पहिलो मात्रा, दुई करोड चार लाख ४७ हजार ७६ ले दोस्रो मात्रा र ६८ लाख ७३ हजार १६ ले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा