मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



राजजिराज, ३० असार । पूर्व-पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका-६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको स४प १३३४ नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

-रासस ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा