कालिकोटमा २१ कृषक पुरस्कृत

मान्म, ३० असार । कालीकोटका २१ कृषक ‘मुख्यमन्त्री उत्कृष्ट कृषक’बाट पुरस्कृत हुनुभएको छ । कृषि विकास कार्यालय कालीकोटले आर्थिक वर्ष २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट उनीहरुलाई पुरस्कृत गरेको हो ।
मुख्यमन्त्री उत्कृष्ट पुरस्कारअन्तर्गत प्रथम हुने कृषकलाई रु १० हजार, द्वितीयलाई रु सात हजार र तृतीयलाई रु पाँच हजार तथा प्रमाणपत्र प्रदान गरिएको छ । फलफूल, तरकारी, खाद्यान्न बाली, मसला बाली, आलु खेती नगदे बाली, मौरीपालन तथा च्याउ खेती गर्ने उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालयका नायब सुब्बा गणेशबहादुर बुढाले जानकारी दिए ।
कृषकले गरेको उत्कृष्ट कामको प्रशंसा गर्दै आगामी दिनमा कृषकको हितका लागि विभिन्न कार्यक्रम ल्याइने कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालकराम देवकोटाले बताए । प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, जिल्ला समन्वय समितिका प्रमुख धनजीतबहादुर शाहीलगायतले उनीहरुलाई पुरस्कार प्रदान गरेका हुन् ।
-रासस ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस