सामुदायिक विद्यालयमा एक महिना बिदा



जनकपुर, २९ असार । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा आजदेखि एक महिना बिदा दिइएको छ ।

उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्नुहुँदै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आजदेखि साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी दिएका छन् । विद्यालयमा एक शैक्षिक सत्रमा हिउँदे बिदा र वर्षे बिदा दुवै गरी ४५ दिन पठन-पाठन बन्द रहने व्यवस्था भएअनुसार उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा पालिकाको शैक्षिक क्यालेण्डरबमोजिम वर्षे बिदा दिइएको प्रमुख यादवले बताए ।

विद्यालयमा पठनपाठन बन्द हुँदा पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखा सानोठिमी भक्तपुरको पत्रअनुसार सबै विद्यालयका प्रधानाध्यापकलाई वर्षे बिदाभरि उपमहानगरपालिकाको सम्पर्कमा रहन भनिएको प्रमुख यादवद्वारा जारी सूचनामा उल्लेख छ ।

यस्तै विद्यालयका पूर्वनिर्धारित कार्यक्रम कक्षा ११ र १२ मा भर्ना तथा प्राविधिक शिक्षासम्बन्धी गतिविधिलगायतका कार्यक्रम यथावत् सञ्चालन रहने जनाएको छ ।

-रासस ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा