राष्ट्रपति गोटाबाया राजापाक्षे र उनका भाई देश छोडेर भागे
काठमाडौँ २९ – असार
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् ।राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन् । राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राती मुलुक छोडेर भागेका हुन्
बीबीसीलगायत अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार सैनिक विमान चढेर भागेका उनी मालदिभ्सको राजधानी माले पुगेका छन् ।
राजापाक्षे भागेसँगै श्रीलंकामा वर्षौंदेखि चल्दै आएको राजापाक्षे परिवारको शासन अन्त्य भएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति राजापाक्षेसँगै उनका भाई पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि मुलुक छाडेर अमेरिका पुगेको स्रोतलाई उदृृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
राष्ट्रपति राजापाक्षे भागेसँगै प्रदर्शनमा उत्रेका सर्वसाधारणले श्रीलंकाको राजधानीमा कोलम्बोमा खुसीयाली मनाइरहेका छन् । गत शनिबारदेखि नै निरन्तर ठूलो प्रदर्शन गरिररहेका प्रदर्शनकारीहरु मंगलबार झन् धेरै जम्मा भएका थिए ।
पदबाट राजीनामा दिन तयार भएपनि अब नयाँ राजनीतिक समीकरण अन्तर्गत बन्ने शासन संरचनाले आफूलाई पक्राउ र कारबाही गर्ने संभावना बढेपछि राजापाक्षे देश छोडेर भागेका हुन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

