पुल नहुँदा जोखिमपूणर् यात्रा



मुस्ताङ, २८ असार । मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी-जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती भोग्दै आएका हुन् । हिउँदमा कुनै समस्या नभए पनि वर्षामा पानीको बहाब बढेपछि खोला वारपार गर्न नसक्दा सवारी साधन घण्टौँसम्म रोकिनुपर्छ ।

बाढीले दैनिकजसो बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन तथा पैदलयात्रु बाटोमा अलपत्र पर्ने गरेका स्थानीय टेकसरा पुनले बताए । विसं २०७३ भदौ १६ गते रातिको बाढीले बेगखोलाको बस्तीसँगै झोलुङ्गे पुल र बेलिब्रीज बगाएको थियो । त्यसयता अस्थायी संरचनासमेत बन्न नसक्दा वर्षाको समयमा सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका यात्रु कृष्ण शर्माले बताए ।

पैदलयात्राका लागि हालै सामान्य काठे पुल स्थानीयवासीले बनाएका छन् । तर सवारी साधनलाई अन्य कुनै विकल्प नहुँदा अझैसम्म जोखिम मोलेरै खोला वारपार गराउने गरेको यातायात व्यवसायी सागर पुर्जाले दुःखेसो व्यक्त गरे ।

 

-रासस ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा