जम्मु–काश्मीर सुरक्षा कारबाहीमा दुई आतङ्कवादी मारिए



शोपियान (जम्मु र काश्मीर), २८ असार (रासस/एएनआई) :

जम्मु– काश्मीरको शोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतङ्कवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी र सेना आतङ्वादीहरूसँग डटेर मुकाबिला गरिरहेका तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको उसले बताएको छ ।

अघिल्लो दिन पनि कैसर कोकाको रूपमा परिचित प्रतिबन्धित जसिह–ए–मोहम्मद (जेएम) आतङ्वादी सङ्गठनसँग आवद्ध आतङ्कवादी अवन्तिपोरामा भएको मुठभेडमा फसेको काश्मिरका अतिरिक्त प्रहरी महानिरीक्षकले बताएका छन् । विशेष सूचनाको आधारमा संयुक्त खोज अभियानमा जुटेका प्रहरी, सेना र सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपीएफ)का जवानबीच भएको भिडन्तमा दुई जना आतङ्ककारीहरूलाई मारिएका छन् ।

संयुक्त सुरक्षा फौजमाथि आतङ्ककारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेपछि भएको जवाफी कारबाहीमा उनीहरू मारिएका हुन् । प्रहरी अभिलेखअनुसार मारिएका आतङ्ककारीले प्रहरी, सुरक्षा बल र सर्वसाधारणमाथि धेरैपटक घातक हमला गरेका तथा उनीहरूको संलग्नता आतङ्ककारी घटनामा रहेको थियो ।

सन् २०१८ देखि सक्रिय रहेका कैसर कोकाले पाकिस्तान गएर हतियार, गोलाबारुदको प्रशिक्षण लिएपछि काश्मीर उपत्यकामा प्रवेश आक्रमणमा गरेका थिए । मुठभेड स्थलबाट हतियार र गोलाबारुद बरामद गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

टर्कीमा फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पमा भत्किएका भवनहरूको निर्माणसँग सम्बन्धित ६०० भन्दा बढी मानिसमाथि अहिले अनुसन्धान भइरहेको त्यहाँको सरकारले

नेपालसहित संयुक्त राष्ट्रसंघका १४१ राष्ट्रहरूले युद्ध अन्त्य गरेर रूसले तत्काल युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका छन्। बिहीबार भएको

टर्कीमा सोमवार गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५,००० भन्दा माथि पुगेको छ । टर्कीमा मात्रै कम्तीमा ३,८००