बिजुली अभावले उदयपुर सिमेन्ट उद्योग बन्द



उदयपुर, २७ असार । उदयपुरको जलजले स्थित देशको ठूलो उद्योग उदयपुर सिमेन्ट उद्योग विद्युतको कारण बन्द छ । गत असार ९ गते रातीदेखि बन्द उद्योगलाई दैनिक करिब एक करोड घाटा रहेको उद्योगका नायव महाप्रवन्धक विजय ठाकुरले बताए ।

उद्योग पूणर्रुपमा सञ्चालन हुन ६ मेगावाट आवश्यक पर्नेमा हाल २ मेगावाट मात्र प्राप्त भइरहेको, त्यसमा पनि भोल्टेज गडबडी भइरहने र निकै कम आएकाले उद्योग सञ्चालन हुन सकेको छैन । उद्योगले मुख्यगरी क्लिङ्कर उत्पादन गर्न नसक्दा सिमेन्ट उत्पादन र विक्री ठप्प भएको छ ।

गत असार ९ गते राती चट्याङ्ले सिरहाको लहानस्थित विद्युत सबस्टेशनको ट्रान्सफरमरमा क्षती पुर्याएकोमा मर्मतमा ढिलाई भएको छ । मर्मतका लागि अझ एकहप्तासम्म लाग्नसक्ने विद्युत प्राधिकरण, उदयपुर वितरण केन्द्रका प्रमुख पंकज गोइतले बताए ।

बिग्रिएको ट्रान्सफरमर मर्मत गरी पूणर् क्षमतामा काम नगरेसम्म उद्योग चल्ने अवस्था छैन । उद्योगले दैनिक ६ सय टन क्लिङकर उत्पादन गर्दै आएको थियो भने दैनिक आठ हजार बोरासम्म सिमेन्ट विक्री गर्दै आएको थियो । हाल भने उद्योगले उत्पादन गर्ने गैडाछाप सिमेन्ट बजारमा अभाव छ । नेपालको सबैभन्दा गुणस्तरीय सिमेन्टमा परिचित गैडाछाप सिमेन्ट अभावमा विभिन्न भवन संरचनाहरु निर्माण प्रभावित बनेको छ ।

– गोरखापत्र ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा