कपुर खानदानबाट १० कक्षा पासगर्ने पहिलो व्यक्ति रणविर कपुर रहेको खुलासा
काठमाडौं, २६ असार । रणबीर कपुुर छिटै नै नयाँ चलचित्र “शमशेरा” मार्फत पर्दामा देखिनेवाला छन् । फिल्म प्रोमोशन गर्न रणबीरलाई भ्याई नभ्याई भैरहेको छ । एउटा इन्टरभ्यूको क्रममा कपुर खानदानबाट १० कक्षा पास गर्ने आफु पहिलो ब्यक्ती रहेको खुलासा गरेका छन् ।

यस अघि रणबीरले आफ्नो परिवारको सबैभन्दा पढेलेखेको व्यक्ती म नै हुँ भनेका थिए । उनले स्कुलको पढाई सकेपछि आफुले एक्टिङ सुरु गरेका थिए । उनले सन २००७ मा नै फिल्म इन्डस्ट्रीमा कदम राखेका भिए ।
उनको नयाँ चलचित्र “शमशेरा” छिटैनै मुवी थिएटरमा रिलिज हुनेवाला छ । सन २०१८ मा उनको चलचित्र “सन्जु”ले बक्सअफिसमा राम्रो रेकर्ड दिएको थियो । सन २०१८ मा चलचित्र “सन्जु” फिल्ममा देखिएका उनी ४ वर्ष पछि एकैचोटि चलचित्र “शमशेरा”मा देखिन लागेका हुन् । चलचित्र “शमशेरा” लगतै उनको अर्को नयाँ चलचित्र “ब्रह्मास्त्र” रिलीज हुने वाला छ ।

प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

