मेलम्चीको व्यापार, व्यवसाय बर्खा लागेसँगै सुस्त



काठमाडौं, २६ असार । गत वर्षको बाढीबाट तङरिँदै गरेकोे मेलम्ची बजारको चहलपहल फेरि हराउन थालेको छ । दैनिक रु एक करोडसम्मको कारोबार हुने सिन्धुपाल्चोककै प्रमुख व्यापारिक केन्द्र मेलम्ची बजारमा बर्खा लागेसँगै यातायात सञ्चालन तथा मानिसलाई आवतजावत गर्न पुल नहुँदा व्यापार व्यवसायमा पनि धक्का लागेको छ । सोही कारण मेलम्ची बजारको रौनकता हराउँदै गएको छ ।

चार गाउँपालिकाको व्यापारीक सङ्गम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा पसलबाट दैनिक करोडको हाराहारीमा कारोबार हुन्थ्यो । गत वर्षको बाढीले कारोबार एकै झट्कामा झण्डै शून्यमा झारेको थियो । बाढीपछि विस्तारै उठ्दै गरेको यहाँको व्यापार व्यवसाय बर्खा लागेसँगै फेरि सुस्ताउन थालेको स्थानीय कपडा व्यवसायी मीनकुमारी लामिछाने बताउछन् ।

हेलम्बु, इन्द्रावती, पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाको व्यापारिक सङ्गम मेलम्चीबजार हो । यो बजारबाट विभिन्न गाउँमा थोक बिक्रीसमेत हुने गर्दछ । गतवर्ष बाढीले व्यापारिक केन्द्र मेलम्चीको करिब आधा भाग बगाएको थियो । लामो समयदेखि मेलम्ची बजारमा लाखौँ लगानी गरेर होटल व्यवसाय गर्दै आउनुभएका तीर्थ तामाङ, मानिसको चहलपहल नुहुँदा व्यवसाय नै ठप्प हुन पुगेको बताउछन् । उनलाई बैँकको लाखौँ ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । मेलम्ची बजारमा सामान्य चिया पसलदेखि दैनिक दुई तीन लाखसम्म कारोबार गर्ने पसल छन् । निर्माण सामग्री बिक्रेता र होटल तथा रिसोर्ट यहाँबाट धेरै कारोबार गर्नेमा पर्दछन् ।

व्यापारिक दृष्टिले जिल्ला सदरमुकाम चौतारा, बाह्रबिसे, खाडीचौर, जलवीरेको तुलनामा मेलम्ची अब्बल ठाउँ हो । बजारमा दैनिक मेलाजस्तै लाग्ने भीडको चलहपहल अहिले शून्य भएको छ । बजार ठप्प हुन पुग्दा बैँक तथा वित्तीय संस्थामा समेत नकारात्मक प्रभाव परेको छ भने ऋण लिएर कारोबार सञ्चालन गरिरहेका व्यापारी मर्कामा परेको नेपाल बैँक लिमिटेड मेलम्ची शाखाका प्रबन्धक रोशन तिवारीको भनाइ छ ।

गतवर्ष इन्द्रावती र मेलम्ची नदीमा एकै साथ आएको बाढीका कारण असुरक्षित बनेको मेलम्चीबजार क्षेत्रमा जोखिमअझै कायम रहेको विज्ञ बताउँछन् । उता स्थानीयवासी र व्यवसायी भने सरकारले बजार क्षेत्रका घरको संरक्षण गर्दै यहाँको आर्थिक कारोबारको पाटोलाई ब्यूँताउँदै यसलाई दीर्घकालीन बनाउँदै जानुपर्ने बताउँछन् ।

-रासस ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा