तीन महिनाभित्र परिणाममुखी काम गर्छु ः मन्त्री यादव



काठमाडौं, २६ असार । नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले आगामी तीन महिनाभित्र परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) पर्सा र वीरगञ्ज महानगर समितिले संयुक्त रुपमा स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो कार्यकालमा महत्पूणर् काम गर्ने जानकारी दिए ।

उनले भने, “म पर्सावासीलाई धन्यवाद भन्न र मन्त्रालयको काम गर्नुभन्दा अघि आशीर्वाद लिन वीरगञ्ज आएको हुँ ।” जिल्लाका सबै सडकको ‘डिपिआर’ बनाएर बोलपत्र आह्वान गर्नुका साथै पर्यटनको विकासका लागि चिडियाखाना बनाउने कामसमेत अगाडि बढाउने मन्त्री यादवले जानकारी दिए । सो अवसरमा मन्त्री यादवलाई ५१ किलोको माला लगाएर सम्मान गरिएको थियो ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई लगायत नवनिर्वाचित जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।

-रासस ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

११ असोज, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरको अनुरोध स्वीकार गरेर इन्द्रजात्रा हेर्न राष्ट्रपतिसहित अन्य विशिष्ट व्यक्ति पैदलै

काठमाण्डौ – नेकपा (एमाले) को प्रथम बाग्मती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले नाम फिर्ता लिने क्रम

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लंघन गर्ने दुई कम्पनीका हेलिकप्टरको उडानमा रोग लगाएको छ । लुक्ला क्षेत्रमा