NTC - FTTH

हिमाली जिल्लामा दोब्बर बजेट थप्न माग

Meri Uni Lai - Global IME Bank

काठमाडौं, २६ असार । कणर्ाली प्रदेशसभाका सदस्य वीरबहादुर शाहीले प्रदेश सरकारले हिमाली जिल्लाहरूमा दोब्बर बजेट थप्न माग गरेका छन् । कणर्ाली प्रदेशसभाको १०औँ अधिवेशनको २०औँ बैठकमा शनिबार भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लाको पूर्वाधार विकासमा दोब्बर बजेट थप्न प्रदेशसरकारको ध्यानाकर्षण गराए । “हुम्लामा र डोल्पामा विकास सामग्री हवाईजहाजबाट ढुवानी गर्नुपर्छ”, उनले भने, “यसले गर्दा सुर्खेतमा लाग्ने विकास खर्चभन्दा ती जिल्लाहरूमा दोब्बरले बजेट बढ्छ ।”

यो अवस्थालाई सरकारले ध्यान नदिइ बजेट विनियोजन गर्दा विकट हिमाली जिल्लाहरू मर्कामा परेको टिप्पणी उनले गरे । चालु आर्थिक वर्ष २०७८/७९ मा सामाजिक विकास मन्त्रालयले हिमालदेखि भित्री मधेसका जिल्लामा रु ४० लाखका विद्यालय भवन निर्माणकार्य समतामुखी नभएको र त्यसबाट हिमाली जिल्लामा पर्न गएको क्षति सरकारले व्यहोर्नुपर्ने उनको जिकिर थियो ।

Advertisement:

सरकारले अब हिमाली जिल्लाको विकटतालाई बुझेर बजेट दोब्बर गर्नुपर्ने वा आफँैले ढुवानी दिनुपर्नेमा उनले जोड दिए । प्रदेशसभा सदस्य शाहीले कणर्ाली सरकारले जगदुल्ला जलविद्युत् आयोजनामा शेयर लगानी गरेको प्रति प्रंशसा गर्दै यही २२ गतेको बाढीले डोल्पा पूणर् क्षति भएका १० घरका परिवारलाई क्षति तथा राहत उपलब्ध गराउनसमेत आग्रह गरेका थिए ।

-रासस ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra