आयात गर्नुभन्दा उद्योग स्थापना गर्न आग्रह



तनहुँ, २६ असार । तनहुँका विभिन्न पालिकाका प्रमुखहरूले सरकारी र निजी क्षेत्रको सहकार्यबाट विकास सम्भव रहेको बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय सरकारसँग निजी क्षेत्रको सम्भावना र सहकार्यसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले निजी क्षेत्र विकासको एउटा खम्बा भएकाले स्थानीय तहले निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्नुपर्ने बताए । व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले निजी क्षेत्रसँग सहकार्य गरी व्यासका पर्यटकीयस्थलको प्रवद्र्धन र विकासमा काम गर्न इच्छुक रहेको बताए ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी क्षेत्रसँग सहकार्य गरी गाउँपालिकाका पर्यटकीयस्थलको विकास गर्न तयार रहेको बताए । उनले भने, “वस्तु आयात गरी बिक्री गर्नुभन्दा उद्योग स्थापना गर्नेतर्फ ध्यान दिनुपर्छ ।”

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्योग वाणिज्य सङ्घले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर उद्योग सञ्चालन गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै यसका लागि सहकार्य गर्न आफूहरु तयार रहेको बताए । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले निजी क्षेत्र र स्थानीय सरकारको सहकार्यबाट विकास सम्भव रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, महिला उद्यमी सभापति शकुन्तला आलेलगायतले निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । सो अवसरमा जिल्ला समन्वय समिति, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखहरूलाई सम्मान गरिएको थियो ।

– रासस ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौँ, १० असोज: आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा

बैतडी – गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको ज्यान गएको छ । ज्यान जानेमा पाटन नगरपालिका–८ हरिचन घर भइ सशस्त्र

ललितपुर – विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क