NTC App - Ad

थोर: लव एण्ड थण्डर अजबाट विश्वभर प्रर्दशनि

काठमाडौं, २४ असार । मार्वल स्टुडियोको प्रोडक्शनमा बनेको चलचित्र थोर लव एण्ड थण्डर अजबाट विश्वभर प्रर्दशनि हुँदै छ । निर्देशक ताईका वइतिति द्वारा निर्देशित उक्त चलचित्रमा अष्ट्रेलियन अभिनेता चिर्स हेमवोर्थको र इजरायली-अमेरिकन अभिनेत्री नताली पोर्टमान मुख्य अभिनय रहेको छ । उनले यस अघि मार्वल इस्टुडियोजद्वारा २०१७ मा प्रदर्शन गरिएको चलचित्र थोरःराग्नारोक र २०१९ को एभेन्जर्सः इण्डगेगको निर्देशन गरिसकेका छन् ।

मार्वल स्टुडियो विश्वको चर्चित स्टुडियोहरु मघ्ये एक हो । यस स्टुयोको प्राये सबै चलचित्रको ट्रेलर रिलिज भए पश्चात ट्रेलरले नै दर्शकलाई उत्साहित बनाईदिन्छ । नेपालका अधिकांश मुवी थिएटरहरुको सिट बुकिङ तथा अग्रीम विक्रि भइसकेका छन् ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :