बजार मूल्य नियन्त्रण गर्न ध्यानाकर्षण
काठमाडौं, २४ असार । उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
अभियानका पदाधिकारीले सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीलाई बिहीबार भेटेर मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्रमा बजारमा एकाधिकारपूणर्, अनुचित र कानुनद्वारा निषेधित ब्यापारिक कार्यहरू हुने गरेको उल्लेख छ । हरेक क्षेत्रमा सेटिङमा काम भइरहेको भन्दै ज्ञापनपत्रमा बजार अनुगमन सार्थक एवं प्रभावकारी हुन नसकेको गुनासो गरिएको छ ।
जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा बजार हस्तक्षेपको नीति अख्तियार गर्दै खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत दैनिक अत्यावश्यक वस्तुको बिक्री वितरण गरेर आपूर्ति व्यवस्थालाई सहज तुल्याइ बजार मूल्यलाई नियन्त्रण गर्नुपर्ने उल्लेख छ । भन्सार गेट मूल्य र उद्योग गेट मूल्यको आधारमा वस्तुको मूल्य विश्लेषण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभाग, कार्यालय र निरीक्षण अधिकृतलाई निर्देशन दिनुपर्ने सुझाव पनि दिइएको छ ।
-रासस ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

