मेलौली नगरपालिका बालश्रममुक्त घोषणा



काठमाडौं, २४ असार । बैतडीको मेलौली नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गरिएको छ । बिहीबार ग्रामीण विकास सेवा केन्द्रको सहजीकरण र मेलौली नगरपालिकाको आयोजनामा बालश्रममुक्त नगर घोषणा गरिएको हो ।

बालश्रममुक्त घोषणाका लागि चाहिने सबै सूचक पूरा भएसँगै नगरपालिकालाई एक कार्यक्रमबीच बालश्रममुक्त नगर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रशाद जोशीले जानकारी दिए । सरकारले २०८२ सम्ममा नेपाललाई बालश्रममुक्त गराउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरुप मेलौली नगरपालिकालाई पनि बालश्रममुक्त पालिका घोषणा गरिएको हो ।

घोषणासभामा नगरभित्र रहेका बालश्रमको अवस्था पहिचान र अबका दिनमा बालश्रमको समस्या सुधार कार्यान्वयनका लागि पहल गर्ने नगरप्रमुख भीमबहादुर चन्दले बताए । बालश्रममुक्त पालिका बनाउनका लागि स्थलगत सर्भे, बालश्रमिकको तथ्याङ्क सङ्कलन तथा सम्भावित जोखिममा रहेका बालबालिकाको पहिचानसहित विभिन्न प्रकारका चेतनामूलक अभियान सञ्चालन गरिएको थियो ।

 

रासस ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा