प्रतिनिधिसभाबाट तीन विधेयक पारित



प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, खानेपानीमन्त्री उमाकान्त चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा (कोइराला)ले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २४ गते अपराह्न १४ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा