चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते
काठमाडौं, २३ असार । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् ।
कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ ।
रासस ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
आजबाट एसईईमार्फत ५ लाखभन्दा बढी विद्यार्थीको शैक्षिक गुणस्तर जाँच हुदै
-
२.
नेपालका सबै युवा अटाउने उद्योग कृषि नै भएको व्यवसायी न्यौपानेको दृष्टि
-
३.
सत्ता समीकरणका विषयमा नागरिक उन्मूक्ति पार्टीभित्र विवाद
-
४.
मकवानपुरको बकैयामा कारको ठक्करबाट बालकको मृत्यु
-
५.
अष्ट्रेलियामा नेपाली खानाको प्रबद्र्धन