एसबीआई बैंकको ऋणपत्र बिक्री खुला



काठमाडौं, २२ असार । नेपाल एसबीआई  बैंकले बैंकले आज बुधबारबाट ऋणपत्र बिक्री खुला गर्दैछ । यसले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ ।

यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन परेको छैन । एसबीआईले ५ वर्ष अवधिको ‘नेपाल एसबीआई बैंक ऋणपत्र, २०८३’ जारी गरेको हो । यसमा वार्षिक १०.२५ प्रतिशत व्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । यस ऋणपत्रमा असार २६ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, ६ चैत्र / रासाईनिक मलमा सरकारले कृषकहरुलाई दिईदै आएको अनुदान रोक्न गरेको निर्णय फिर्ता लिएर सो अनुदान कायम राख्ने

काठमाडौं, ५ चैत / नेपाली पूँजी बजार खस्कदै गएको चेतावनी अर्थविद्हरुले दिईरहेको बेला पूँजी बजार उभो लाग्न नसकेको सङ्केतप्रति लगानीकर्ताहरु

काठमाडौं-वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएकाे ब्याजदर आज देखी लागु भएकाे छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स