मकवानपुरगढीमा झोलुङ्गेपुल निर्माण
मकवानपुर, २२ असार । खोलामा पुल नहँुदा लामो समयदेखि समस्या भोग्दै आएको मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका-१ मा झोलुङ्गेपुल निर्माण गरिएको छ ।
वडा नं १ मा रहेको वुदुने खोलामा रु ५० लाख १६ हजार ११३ को लागतमा उक्त पुल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । एक सय १८ मिटर लम्बाइ रहेको सो पुलको उद्घाटन गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले गरेका हुन । गाउँपालिकाको आर्थिक र राडो नेपालको प्राविधिक सहयोगमा निर्माण भएको उक्त पुलको निर्माणबाट वडा नं १ का उक्त क्षेत्रका ३०९ घरपरिवार लाभान्वित भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।
साथै पुलको निर्माणले त्यहाँको चालिसे तथा जिम्मर खोला समेट्ने गरी पुलको निर्माण भएकाले स्थानीय बासिन्दालाई आउने र जाने समस्या हटेको बताइएको छ ।
रासस ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

