कालिकोटमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन



doctor health camp

तातो खबर असार २२  कालिकोटको तिलागुफा नगरपालिका–९, १० र ११ मा जिल्ला स्वास्थ्य सेवा कार्यालयले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट चार सय ७३ जनाले सेवा लिएका छन् ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारका अनुसार विशेषज्ञ स्वास्थ्य सेवाअन्तर्गत ४३ महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण, ४६ जनाको दाँतको उपचार, २७ जनाको भिडियो एक्स–रे र ६ पुरुषको बन्ध्याकरण गरिएको छ । सो क्रममा ३५० जनालाई औषधि वितरण गरिएको कार्यालयका सूचना अधिकारी कटबहादुर महतले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरलाई जिल्लाभर अभियानकै रूपमा सञ्चालन गर्ने योजना रहेको महतले बताउनुभयो । स्वास्थ्य शिविरका सबै प्रकार स्वास्थ्योपचारका सेवा दिने योजना छ । “जनशक्तिले भ्याएसम्म दुर्गम तथा पिछडिएको क्षेत्रमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ”, महतले भन्नुभयो । :रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा