आलुको बोरामा ८३ लाख रुपैयाँ, दुईजना पक्राउ

काठमाडौं, २१ असार । धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित आज दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका-५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् । उनीहरुलाई जनकनन्दनी-१ इनर्वा सीमाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । प्रहरीले भारतबाट ज७प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा रकम बोकेर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए ।
दुवैजनालाई आवश्यक कारबाहीका लागि रकमसहित जिल्ला भन्सार कार्यालय जनकपुरको जिम्मा लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
रासस
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस