साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा चितवनबाट



काठमाडौँ, २१ असार । जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने छ ।

कार्यालयले लाइसेन्स वितरणको सम्पूणर् तयारी गरेपछि साउनको दोस्रो सातादेखि प्रयोगात्मक परीक्षासमेत भरतपुरमै हुने उनको भनाइ छ । प्रयोगात्मक परीक्षाका लागि निजी क्षेत्रबाट ‘ट्रायल सेन्टर’ लिन लागिएको छ । पौडेलको भनाइमा दुई वटा कम्पनी प्राविधिक छनोटमा परेका छन् ।

यही असार २३ गते ती कम्पनीको आर्थिक प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा खोलिँदै छ । त्यसपछि सात दिनको आसय र १५ दिनका सम्झौताका लागि सूचना जारी गर्नुपर्ने हुन्छ । उनले भने “यो प्रक्रिया अघि बढ्दै गर्दा हामी अनलाइनमा फाराम खोल्नेछौँ ।” अथवा साउन दोस्रो साताबाट प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छवटा सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए । प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन् । थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्याङ्कनमा छनोटमा पर्ने प्रमुख पौडेलले बताए ।

चितवनबाट सुरूमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने उहाँले जानकारी दिनुभयो । ‘क’ वर्गमा मोटरसाइकल, स्कुटर, मोपेड, ‘ख’ वर्गमा चार र तीनपाङ्ग्रे साना सवारीसाधन र ‘ग’ वर्गमा हेभी र मझौला आकारका सवारीसाधन पर्छन् ।

जिल्लाका बासिन्दा अनुमतिपत्रका लागि हेटौंडा, वीरगन्ज, कावासोती, काठमाण्डौं लगायतका ठाउँमा जानु पर्ने बाध्यता रहेको छ । उनको भनाइमा हेटौंडामा जाने ७० प्रतिशत चितवनका हुन् । कावासोतीमा जानेमा आधा यही जिल्लाका छन् । हेटौंडामा सातामा चार सय हाराहारी कार र एक हजार हाराहारी दुई पाङ्ग्रे सवारीका लागि अनुमति पत्र लिनेहरुले परीक्षा दिँदै आएका छन् । उनका अनुसार हेटौंडाको भन्दा केही बढी चितवनमा हुनेछन् ।

(रासस)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा