बालाजुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौ : काठमाडौँको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२-०२३ प ३७७५ नं को मोटरसाइकल अनियन्त्रित भई खोलाको नजिक ठोकिँदा काठमाडौँ लोलाङका २२ वर्षीय सविन परियारको आज बिहान मृत्यु भएको हो ।
दुर्घटनामा परी सख्त घाइते हुनुभएका परियारको उपचारका क्रममा नयाँ बजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस