रामेछाप बस दुर्घटना: नौ जनाको मृत्यु, २३ घाइते

काठमाडौँ, २१ असार (रासस) । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा३ ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका-५ र खाँडादेवी गाउँपालिका-१ स्थित सिमानामा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका तर पहिचान नखुलेको जनाइएको छ । उक्त दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले राससलाई जानकारी दिए ।
आज बिहान १०ः३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिए । बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेको हो ।
उहाँका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस