कामना सेवा विकास बैंक र खबरएक्सप्रेस बीच प्रोफेशनल कर्जा सम्झौता

काठमाडौ : कामना सेवा विकास बैंक र खबर एक्सप्रेस बीच बिना धितो प्रोफेशनल कर्जा दिने सम्बन्धी सम्झौता भएको छ ।
कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेस बीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा एक कार्यक्रम गरि सम्झौता सम्पन्न भएको हो । सम्झौता पश्चात बैंकले खबर एक्सप्रेसमा कार्यरत कर्मचारीहरुलाई सरल तरिकाबाट बिना धितोमा प्रोफेशनल कर्जा प्रदान गर्नेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र खबर एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक राम चन्द्र खड्काले हस्ताक्षर गर्नु भएको थियो ।
यो सम्झौता पछि खबर एक्सप्रेसका कर्मचारीले सहज रुपमा बिना धितो कर्जा प्राप्त गर्ने छन् कार्यक्रममा खबर एक्सप्रेसका प्रबन्ध निर्देशक राम चन्द्र खड्काले बैंकहरु मध्य कामना सेवा बिकास बैंक हरेक कुरामा उत्कृष्ट रहेको र उक्त बैंक संग सहकार्य गर्न पाउदा खुशी लागेको बताउदै सञ्चार माध्यममा कार्यरत कर्माचारीहरु लाई बिना धितो कर्जा उपलब्ध गराउन बैंक संग सम्झौता गर्नेमा खबर एक्सप्रेस पहिलो भएको दाबी गर्नु भयो भने यो सम्झौता समग्र सञ्चार क्षेत्रकै लागी खुसीको कुरा भएको बताउनु भएको छ ।
कामना सेवा विकास बैंकले आफ्नो व्यवसायमा बिस्तारमा समेत उक्त सम्झौताले थप टेवा मिल्ने विश्वास लिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस