बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो

काठमाडौं, १९ असार(एजेन्सी) । भारतको बिहारमा आइतबार बिहान गुडिरहेको एउटा रेलमा आगो लागेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेपालको सीमार्वती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आगो लागेको हो।

Advertisement:

भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बाहरूमा भने फैलिन नपाएको  र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

रेलको इन्जिनमा आगो कसरी लाग्यो भन्ने कारण खुलसकेको छैन।

प्रतिक्रिया दिनुहोस् :