पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा

काठमाडौं, १९ असार (रासस) । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहनुभएका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए ।
नाम्खा गाउँपालिका-५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गर्न खाजेका हुन् । प्रहरी निरीक्षक दीपक मल्लका अनुुसार हिल्सा-सिमकोट सडक निर्माणमा संलग्न कामदारले शनिबार लुटपाट गरेको इक्माले दिएको उजुुरीका आधारमा सातै जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरीले हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्टलाई नियन्त्रणमा लिएको हो । उनीहरुको ठेगाना दाङको घोराही र तुलसीपुर रहेको विष्टले बताए । सातै जनालाई नाम्खाबाट सदरमुकाम सिमकोट ल्याइँदै छ । इक्मा पूर्वको कञ्चनजङ्घा हिमालबाट हुम्लाको हिल्सासम्मको पैदल यात्रामा रहनुुभएको थियो । उजुुरी दिएपछि उहाँलाई पनि जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस