जनकपुरधामको फुटपाथ तीन दिनभित्र खाली गराइने

जनकपुर, ०६ श्रावण । जनकपुरधाम उपमहानगरपालिकालाई व्यवस्थित बनाउन तीन दिनभित्र फुटपाथ खाली गर्न अनुरोध गर्दै जनप्रतिनिधिसहितको टोली सडकमा निस्केका छन् ।

जनकपुरधामलाई सफा सुग्घर र व्यवस्थित बनाउन विहीबार जनप्रतिनिधिसहितको टोलीले जथाभावी कब्जा गरिएका फुटपाथ तथा सडक पेटी तीन दिनभित्र खाली गर्न स्थानीयसँग आग्रह गर्दै सडकमा निस्केका हुन् ।

Advertisement:

मधेश प्रदेश राजधानी समेत रहेको जनकपुरधामका फुटपाथमा राखिएका अव्यस्थित व्यवसायलाई बन्द गर्न जनप्रतिनिधि र प्रहरीसहितको टोलीले संयुक्त रुपमा व्यस्त सडक तथा बजारमा घुमी स्थानीय सर्वसाधारण र व्यवासयीलाई अनुरोध समेत गरेका छन् । साथै जथाभावी फोहर नफाल्न, पान र गुट्खा खाएर जथाभावी नथुक्न जारी सूचनामा उल्लेख छ । सडकमै गरिने अव्यवस्थित पार्किङ, नगरलाई हराभरा बनाउन र धार्मिक पर्यटकलाई आकर्षण गर्न सबैले आफ्नो दायित्व पुरा गर्न पालिकाले अनुरोध समेत गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका लागि फोहोर व्यवस्थापन र ट्राफिक व्यवस्थापन मुख्य चुनौतीको विषय रहेकोले यस वर्ष यसलाई नै मुल मुद्दा बनाएर सचेतना कार्यक्रम अन्तगरगत जनप्रतिनिधि, ट्राफिक, नगरप्रहरी, जिल्ला प्रहरी, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद, युवा क्लवसहितको टोली सडकमा निस्केको नगर प्रमुख मनोजकुमार साहले बताए । मुख्य चुनौतिको रुपमा रहेको जनकपुरधामको फोहोर व्यवस्थापनको लागि स्थान पनि तय भइसकेको छ र पार्किङ व्यवस्थापनको तयारीमा पनि जुटेका छौं उनले भने । साथै छाडा चौपाया व्यवस्थापनमा भने किही समय लाग्ने भएपनि स्थायी रुपले नै यसलाई व्यवस्थित गर्ने उनले बताए । अब निरन्तर प्रयासमा चलिरहने प्रमुख साहले बताए ।

 

-(लक्ष्मी चौधरी) गोरखापत्र अनलाईनबाट ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application