करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रिया सेवा बन्द
चरीकोट, ०४ असार । दोलखाको पशुपति चौलागाईँ स्मृति प्रदेशिक अस्तालमा कार्यरत करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा बन्द भएको छ ।
बागमती प्रदेश सरकार मातहत रहेको प्रदेशस्तरीय सो अस्पतालमा कार्यरत करार कर्मचारीको यो महिनादेखि म्याद थप नहुँदा शल्यक्रियासहित विशेषज्ञ सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी शान्ति न्यौपानेले जानकारी दिए । यही साउन १ गतेदेखि नै शल्यक्रिया सेवा बन्द भएको हो । पचास शय्या क्षमताको प्रदेशस्तरीय अस्पतलामा ७२ कर्मचारी कार्यरत रहेकामा नौ जना मात्रै स्थायी स्वास्थ्यकर्मी छन् । तीमध्ये दुई जना अध्ययन बिदामा छन् । अस्पतालमा सात कर्मचारी मात्र हाल कार्यरत छन् । कार्यरत ६३ करार कर्मचारीको म्याद नवीकरण नगर्न अस्पताललाई बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले पत्राचार गरेको छ ।
अस्पतालले हालसम्म भीमेश्वर नगरपालिकासँगको समन्वयमा अस्पतालबाट प्रदान गरिने सबै सेवा निःशुल्क प्रदान गर्दै आएको थियो । बिरामी कुरुवालाई समेत खाना अस्पतालले नै निःशुल्क उपलब्ध गराउँदै आएको थियो । एकैपटक ६३ कर्मचारीको म्याद थप नहुँदा अस्पतालबाट प्रदान गरिने सेवा प्रभावित बनेको छ । अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी न्यौपानेले बताए ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत अस्पतालमा कर्मचारीका विषयमा वैकल्पिक व्यवस्था नगरी एकैपटक सबै हटाउन निर्देशन आएपछि व्यवस्थापनमा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर केसीले बताए । साउन १ गतेदेखि सबै करारका कर्मचारीले अस्पताल छाडिसकेका छन् ।
-रासस ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

