पृथ्वीराजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध



दमौली, ०४ श्रावण । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।

सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उहाँले बताए । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला-बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।

-रासस ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

हेटाैंडा- पूर्वपश्चिम राजमार्गअन्तरगत हेटाैंडा-१५ राताेमाटेमा भएकाे सवारी दूर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ भने एकजना घाइते भएका छन् । सोमबार

तातोखबर, काठमाडौं / प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने

तातोखबर, काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताएका