उद्योगको स्थापनासँगै रबर किसानहरुमा खुसी



rubber tree

काठमाण्डौं ३ साउन
प्राकृतिक रबरको चोपलाई प्रशोधन गरी विभिन्न सामान उत्पादन गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–११ मा राससगरिएको छ । उद्योगको स्थापनासँगै रबर किसानहरुमा खुसी छाएको छ ।

धाइजन पशुपालन तथा व्यावसायिक कृषि फार्मले सो उद्योग स्थापना गरेको हो । उद्योगका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले आर्थिक वर्ष २०७८ र ०७९ मा रु ४० लाख अनुदान प्रदान गरेको छ । सो अनुदानले उद्योगको मुख्य मेसिन खरिद गरिएको छ ।

परियोजनाले सो कृषि फार्मलाई उद्योगको मेसिन खरिदका लागि ५० प्रतिशत अनुदानअन्तर्गत रु २७ लाख २५ हजार र घर निर्माणका लागि ८५ प्रतिशत अनुदानअन्तर्गत रु १२ लाख ७५ हजार प्रदान गरेको छ ।

कार्यालयका सूचना अधिकारी रवीन्द्र निरौलाले रबर उद्योगबाट गुणस्तीय गम, ग्लोब, बेलुन आदि बनाउन सहयोग पुग्ने जानकारी दिनुभयो । उहाँले उद्योगमा करिब सातजना स्थानीयवासीलाई नौ महिनासम्म रोजगारीसमेत प्रदान गर्न सकिने विश्वास व्यक्त गरे ।

उहाँले आर्थिक वर्ष २०७८र०७९ मा रबर खेती गर्ने साना किसानलाई सहयोग पु¥याउने उद्देश्यले परियोजनाले साना किसान प्राकृतिक रबर उत्पादक सङ्घलाई रबर चोप सङ्कलन गर्ने सामग्री खरिदका लागि रु २० लाख र रबर डस्टिङ मेसिन खरिदका लागि रु पाँच लाख गरी रु २५ लाख अनुदान प्रदान गरेको छ ।

जिल्लामा आव २०७५र०७६ बाट रबर जोन सञ्चालनमा आएसँगै रबर किसानलाई प्रोत्साहन र खेती प्रवद्र्धन गर्नका लागि विभिन्न उपकरण खरिद र नर्सरी स्थापनाका लागि अनुदान प्रदान गरिँदै आएको छ । चार वर्षमा परियोजनाले रबर जोनका लागि मात्र रु दुई करोड ११ लाख ५० हजार विनियोजन भएको रकममध्ये रु एक करोड ५७ लाख १७ हजार ८१० अनुदान प्रदान गरिसकेको छ । जसमध्ये रबर स्मोक हाउस निर्माणमा ८५ प्रतिशत र अन्यमा ५० प्रतिशतले अनुदान प्रदान गरिएको छ ।

झापामा करिब ५०० हेक्टर क्षेत्रमा रबर खेती हुँदै आएको छ । सामुदायिक वन, एग्रो फरेस्ट्रीलगायतका संस्थाले धेरै जग्गामा रबर खेती गरेका छन् भने करेसाबारीमा १० बोटदेखि दसौँ बिघा जग्गामा हजारौँ बोट रबर हुर्काउने किसानको सङ्ख्या झापामा थुप्रै रहेको छ । किसानले खेती नहुने पाखो र बगर जग्गामा रबर लगाएर प्रतिबिघा रु चार लाखसम्म बर्सेनि आम्दानी गर्दै आएका छन् । रबरको चोप मात्र नभएर यसका दाउरा र काठ महँगोमा बिक्री हुने गरेको छ भने रबर खेती लगाएको स्थानमा मौरीपालन फस्टाउने गर्दछ ।

यसअघि कनकाई नगरपालिका–७ मा रु २० करोडको लगानीमा स्थापित कनकाई रबर उद्योग सञ्चालनमा आएको छ । तीन हप्तादेखि परीक्षणका रूपमा सञ्चालन गरिएको उद्योगलाई चाँडै व्यावसायिकरूपमा लैजाने उद्देश्य रहेको सञ्चालक बालकृष्ण सापकोटाले बताउनुभयो । काठमाडौँ र झापाका लगानीकर्ताले साझेदारीमा कनकाई रबर उद्योग स्थापना गरेका हुन् ।

किसानबाट खरिद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सोलुसन ९टाँस्ने पदार्थ० र रबर सोल उत्पादन गरिने सञ्चालक सापकोटाको भनाइ छ । नेपालमा सयौँको सङ्ख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सोलुसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ । हालसम्म ती उद्योगले यस्तो कच्चा पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए ।

-रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा