बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

कैलाली, ०३ श्रावण । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिक बसको ठक्करबाट एक जनाको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरीगङ्गा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार सोमबार चौमाला बुहमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ना६ख ९६९३ नंको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो ।
घाइते थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उचारका क्रममा आज बिहान मृत्यु भएको थियो । बस र बसचालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस