सेनाद्वारा वृक्षरोपण



डोटि, ०३ श्रावण । डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको पञ्चेश्वर महादेवको मन्दिर क्षेत्रमा नेपाली सेनाले साउने सेमबारको अवसरमा २०० प्रजातिका बहुउपयोगी बिरुवा रोपण गरेको छ । नं ५ बाहिनी अड्डाका बाहिनीपति तथा सहायक रथी मानबहादुर महराले कपुरकोे वृक्षरोपणको शुभारम्भ गरेका हुुन् ।

उक्त गणको आयोजनामा शुभारम्भ भएको सो कार्यक्रम यही साउन ३० गतेसम्म जिल्लामा रहेका अन्य युनिटहरूले पनि सञ्चालन गर्ने बाहिनी अड्डाले जनाएको छ । डोटी जिल्लालाई विभिन्न प्रजातिका बहुउपयोगी बिरुवा रोपेर हरियाली बनाउने उद्देश्यका साथ सेनाले वृक्षरोपण अगाडि बढाएको बाहिनीपति तथा सहायकरथी महराले जानकारी दिए ।

मन्दिर क्षेत्रमा एभोकाडो, रुद्राक्ष, कपुर, कागती, अम्बा, कटहर, अमला, बेलपत्रलगायतका बिरुवा रोपण गरिएको दिपायल सिलगढी नगरपालिका-४ का स्थानीयवासी शङ्करबहादुर कठायतले जानकारी दिए । सार्वजनिक, सामुदायिक स्थान र सेनातर्फ ब्यारेक र तालिम केन्द्रमा पनि बहुउपयोगी बिरुवा रोपणको तयारी भइरहेको सर्वेश्वर गणका गणपति तथा प्रमुख सेनानी विश्वराज थापाले जानकारी दिए ।

-रासस ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा