मकवानपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका ५ बोटबारी खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बुधबार खोला तर्ने क्रममा बगाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
उनका अनुसार, बुधबार आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका थिए । तीमध्ये एक जनाको शव बुधबार साँझ ६ः४५ बजेको समयमा मनहरी खोलामा फेला परेको हो ।
मृतकको हालसम्म पनि सनाखत हुन सकेको छैन । उनको शव पोस्टमार्टमको लागि राति नै हेटौंडा अस्पतालमा ल्याइएको र पहिचान खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । बेपत्ता अर्का एक जनाको भने खोजीकार्य जारी रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

