ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जर सम्झौता, बीओके लिमिटेड हालसम्मकै ठूलो बैंक बन्ने

काठमाडौँ , असार २ — ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बैंक बीओके आपसमा गाभिने भएका छन् । गाभिनका लागि दुवै बैंकले बिहीबार समझदारी पत्रमा हस्ताक्षर एम.ओ.यू. गरेका छन् ।
२०७९।०३।०२ गते बिहान ८ः०० बजे प्रारम्भीक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । दुवै बैंक समान सेयर अनुपात [१:१] मा गाभिन लागेका हुन् । मर्जरपछि बन्ने नयाँ संस्थाको चुक्ता पुँजी करिब ३४ अर्ब हुनेछ । यो त्यसपछि उक्त बैंक पुँजीका आधारमा हालसम्मकै ठूलो बैंक बन्ने छ । मर्जरपछि यो ग्लोबल आईएमई बीओके लिमिटेडको नाममा सञ्चालनमा आउनेछ । मर्जरपछि बन्ने बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल हाल ग्लोबल आईएमई बैंकका अध्यक्ष नै रहनेछन ।
यस्तै, प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य हाल ग्लोबलआईएमई बैंकका सी.ई.ओ बन्ने सहमति दुई पक्षबीच भएको छ । समझदारी पत्रमा ६ महिनाभित्र मर्जर प्रक्रिया पूरा गरिने उल्लेख भए पनि केहि महिनामै एकीकृत कारोबार सुरु गर्ने तयारीमा संयुक्त मर्जर समिति जुटेका छन ।
समझदारी पत्रमा हस्ताक्षर गरेपछि सैद्धान्तिक सहमतिका लागि दुवै बैंक अहिले नेपाल राष्ट्र बैंक पुगिसकेका छन् । ग्लोबल आईएमई बैंकले यसअघि कमर्ज एन्ड ट्रस्ट, जनतालगायत दर्जन बढी बैंकलाई गाभिसकेको छ भने बीओकेले पनि यसअघि लुम्बीनी बैंकसँग मर्जर भएको हो ।
बैंक अफ काठमाण्डूले नेपाल स्टक एक्सचेञ्जलाई मर्जरको जानकारि गराएको छ र मर्जर प्रयोजनका लागि र्बैकको शेयर कारोबार रोक्का गरी रोक्काको जनकारी र्बैकलाई दिन पत्राचार गरेको छ
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस