लुम्बिनी प्रदेश राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

घोराही, जेठ ३१ गते । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङको तुलसीपुरमा एक महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले मङ्गलबार बिहान राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनका अनुसार राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका-५का एकराज बस्नेतकी श्रीमती मीना भण्डारीलाई हातपात गरेकी थिईन् । घरमै पुगेर राज्यमन्त्री वलीले भण्डारीमाथी हातपात गर्दा विवाद भएपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो ।
स्वास्थ्य राज्यमन्त्रीले एकराज बस्नेतकी श्रीमती मीना भण्डारीलाई कुटपिट गरेपछि त्यहाँ विवाद भएको र प्रहरीलाई जानकारी आएपछि प्रहरी त्यहाँ पुगेर राज्यमन्त्री वलीलाई लिएर आएको ईलाका प्रहििर कार्यालय तुलसीपुरले जनाएको छ । अहिले विवादका बारेमा थप बुझ्ने काम भइरहेको छ ।
राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछको काम भइरहे पनि महिलामाथि किन हातपात गरेको भन्ने विषय यकिनसाथ खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस