नैतीकताको हिसावले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने ः एमाले सांसद



काठमाडौं, ३१ जेठ । नेकपा (एमाले)का सांसदहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । अर्थमन्त्री शर्मामाथि गम्भीर प्रश्न उठेको भए पनि उनले त्यसबारे संसदलाई जानकारी नदिएको एमाले सांसदहरुको आरोप छ ।

एमाले सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्मा प्रति आक्रोश व्यक्त गर्दै भने, ‘यति गम्भीरताका साथ प्रश्न खडा भइसकेपछि अर्थमन्त्रीले संसदमा प्रष्ट पार्नु भएन । करका दरहरु तलमाथि भए भनेर म लगायत माननीयले कुरा राखेका थियौँ ।’

करका दरहरुबारे छलफल हुँदा अर्थमन्त्रालयका कर्मचारी बाहेकलाई प्रवेश नदिइने प्रचलन रहेको पाण्डेको भनाइ छ । उनले करको दरबारे छलफल भइरहेका बेला मन्त्री बाहेकलाई फोन समेत लिन नपाउने प्रचलन रहेको भए शर्माले भने बाह्य व्यक्ति बोलाएर करका दर परिवर्तन गराएको पाण्डेको आरोप छ । पाण्डे पूर्व अर्थमन्त्री समेत हुन् ।

‘अर्थमन्त्रालयका कर्मचारी बाहेक अरुलाई प्रवेश दिइदैन करका दरहरु निर्धारण गर्दा । यो कस्तो खालको साटगाँठमा भएको हो? जानकारी चाहियो,’ उनले भने ।

उनले अर्थमन्त्री शर्मा अब पदमा बस्न नमिल्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत उक्त विषयमा जवाफ दिनुपर्ने पाण्डेको भनाइ छ । ‘यति गम्भीर प्रश्न उठेपछि उहाँ त्यो पदमा बसिरहन मिल्छ ?

नैतिक हिसाबले मन्त्री त्यो पदमा बस्न मिल्दैन,’ पाण्डले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा