चिनीको मूल्य अझै उकालो लाग्न सक्ने



काठमाडौं, जेठ ३१ । भारतले चिनी निर्यातमा गत जुन १ गते देखि लागु हुनेगरी रोक लगाएको थियो । चिनी निर्यातमा रोक लगाउनेबारे भारतीय सञ्चारमाध्यमले एक-डेढ हप्ता अघिदेखि नै जनाई रहेका थिए ।

भारतले चिनीमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चिनीको मूल्य बढ्ने आशंका धेरैले गरेका हुन् । आशंका अनुसार नै चिनीको मूल्य किलोमा ५ देखि १० रूपैयाँसम्म बढ्यो ।

अहिले बजारमा चिनीको मूल्य प्रतिकिलो एक सय पाँच रूपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।
यसअघि उपभोक्ताले चिनी प्रतिकिलो ९५ देखि १०० रूपैयाँसम्म तिर्दै आएका थिए ।

संघले जेठ १५ गते पठाएको तथ्यांकअनुसार चिनी प्रतिकिलो एक सय रूपैयाँ थियो ।

पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको संघले जनाएको छ ।

संघका अनुसार भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएदेखि नै चिनीको मूल्य प्रतिकिलो दुईदेखि तीन रूपैयाँ गरेर उद्योगीले बढाएका छन् ।

केहि दिन अघि उद्योगीबाट चिनी किनिएको र उक्त मूल्यका आधारमा प्रतिकिलो एक सय पाँच रूपैयाँ पुगेको श्रोतले जनाएको छ । फेरि नयाँ चिनी ल्याउँदा उपभोक्ता मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा